रेस्लिङ रिंग भित्र दुखद घटना – रिङभित्रै रेस्लरको मृत्यु (भिडियो)

अन्तर्राष्ट्रिय

एजेन्सी

डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका सिल्भर किंगको लण्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको छ । सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लण्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दीरहेका थिए ।

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । सुरुमा दर्शकले त्यो प्रस्तुतीकै एउटा पाटो सम्झिए । द वर्ल्ड रेसलिङ काउन्सिलले आफ्नो ट्वीटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ ।

सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । उनी लडेको केही समयपछि अन्य रेसलेरले उनलाई घेरे र उनको छातीमा थिच्न थाले । त्यसपछि दर्शकलाई उक्त हलबाट निकालियो ।

उनीहरु रेसलिङ खेलिरहेका बेला एकाएक माहौल परिवर्तन भयो । सिल्भर किंगको छातीमा अन्य रेसलरहरुले बेस्सरी थिचिरहेका थिए । अन्य रेसलर रिङ भित्रै तत्काल पुगे । दृश्य निकै भयानक थियो ।

उनीहरुले त्यहाँबाट सबैलाई निकाले तर घटना भएको २० मिनेट बितिसक्दा पनि एम्बुलेन्स देखिएको थिएन,’ द सनले भन्यो । एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ थुप्र बालबालिकाको उपस्थिती थियो ।

सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुती दीरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वर्ल्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।