मुम्बैइले जित्यो आईपीएलको उपाधि,रोमान्चक खेलमा चेन्नैइ १ रनले पराजित

खेलकुद

काठमाडौं 

आइपीएल १२ को उपाधि मुम्बैइ इडियन्सले जितेको छ । मुम्बैइको यो आइपीएलको चौथो उपाधि हो । चेन्नैइ सुपर किंग्सलाई जारी अैइपीएलमा चौथो पटक हराउँदै उपाधि कब्जा गरेको हो ।

रोमान्चक खेलमा १५० रनको लक्ष्य पछ्याएको चेन्नैइ ७ विकेटमा १४८ रनमा सिमित भयो । मुम्बैइले टस जितेर पहिला ब्याटिंग गर्दै चेन्नैइलाई १५० रनको लक्ष्य दिएको थियो ।

शेन वाट्शनले उत्कृष्ट ब्याटिंग गरेपछि चेन्नैइलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । तर, लासिथ मालिंगाले अन्तिम ओभरमा ७ रनमात्र दिए र एक विकेट पनि लिएपछि अन्तिममा मुम्बैइ वियजी भयो ।

अन्तिम ओभरको पहिलो बलमा वाट्शनले एक रन लिए । दोस्रो बलमा वाट्शनले दुई रन बनाए । तेस्रो बलमा दुई रन लिने प्रयासमा वाट्शन रनआउट हुन पुगे । यसपछि क्रिजमा आएका शार्दुल ठाकुरले पहिलो बलमै दुई रन लिएपछि अन्तिम बलमा जितका लागि २ रन आवश्यक थियो । तर, मालिंगाको अन्तिम योर्कर बलमा ठाकुर एलबीडब्ल्यू आउट भए ।

मुम्बैइको जितमा केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले समान १५-१५ रन बनाए । बलिङतर्फ दीपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए ।

चेन्नैइका लागि शेन वाट्सनले ८० रन बनाए पनि जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ मुम्बैइका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लासिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए ।जारी आइपीएलमा मुम्बैइ र चेन्नैइ चार पटक आमनेसामने भए । चारै पटक मुम्बैइ विजयी भयो।