साहरुख–कट्रिनाको जोडी ‘सत्ते पे सत्ता’ को रिमेकमा !

मनोरञ्जन

एजेन्सि

लगातर चलचित्र असफल भए पछि र धेरै आशा गरिएको पछिल्लो चलचित्र ‘जिरो’ असफल भएपछि नायक साहरुख खानले  नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, नयाँ चलचित्र साइन गर्ने कुरामा निकै नै सजग देखिएका छन् । तर, यतिबेला फेरि उनले नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा सुरु भएको छ ।

निर्माता रोहित सेट्टी उनको प्रोडक्षनबाट नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । फराह खानले निर्देशन गर्न लागेको यो चलचित्र बलिउडका नायक अमिताभ बच्चन र हेमा मालिनीको हिट चलचित्रको रिमेक हो ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रको रिमेकमा नायक साहरुख खान र नायिका कट्रिना कैफ देखिनेछन् । निर्देशक फराह खान नायक साहरुख खानसँग काम गर्न सधै नै उत्साहित हुन्छिन् ।

उनी, चलचित्र ‘ह्याप्पी न्यू इयर’पछि साहरुखसँग फेरि काम गर्न चाहन्छिन् । चलचित्रको कथालाई लिएर साहरुख र कट्रिनाले पनि सकारात्मक प्रतिक्रिया दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अहिले यो बिषयमा यसको निर्माणपक्षले केही पनि भनेको छैन । चाडै नै यो बिषयमा घोषणा हुने भारतीय मिडियाले लेखेका छन् ।