शेयर बजार : नेप्से सूचक १३ सय विन्दु माथि

अर्थ

काठमान्डौ

सोमबार नेप्से परिसूचक ६.३० अंकले बढेर १३०१.३४ विन्दुमा पुगेको छ । यस दिन १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर किनबेच भएर ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भयो । आइतबारको तुलनामा यो रकम ६ करोड १७ लाख रुपैयाँले कम हो । आइतबार ८४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार करोबारमा आएका १२ उपसमुहहरुको सूचक मिश्रत देखिएको छ । सात उपसमुहको सूचक सकारात्मक बन्दा ५ को सूचक ओरालो लागेका हुन् । उत्पादन तथा प्रशोधनको सूचक सबै भन्दा धेरै ५९.८१ अंकले सुधार भएको छ ।

यस्तै हाइड्रो पावर ३५.४६, होटल २०.६४, अन्य १४.७३, विकास बैंक ११.९४, वाणिज्य बैंक ०.८२ र म्युचुअल फण्ड ०.१० अंकले सकारात्मक बनेका हुन् । यता निर्जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २५.६५ अंकले नकारात्मक बनेको छ ।

यस्तै जीवन बीमा १३.०६, व्यापवार ५.४९, माइक्रोफाइनान्स १.४६ र फाइनान्स ०.४३ अंकले ओरालो लागेका छन् । सोमबार शिवम सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ । शिवमको मात्रै ११ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै प्राइम कर्मशियल बैंकको ६ करोड २४ लाख, प्रिमियर इन्स्योरेन्सको ३ करोड ७८ लाख, नेपाल बैंकको ३ करोड ७५ लाख, सिभिल बैंकको २ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एचाअीडीसीएल, जनता बैंक, बुटवल पावर कम्पनी, अपर तामाकोशी, नेको इन्स्योरेन्सको शेयरपनि २ करोड रुपैयाँ भन्दा बढीको करोबार भएको छ ।

किसान माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र कालिका लघुवित्तका शेयरधनीहरुले ७ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यस्तै भार्गव विकास बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो पावरको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले सुधार भएको छ । यता हिमालयन डिस्टीलरीको शेयरमूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशतले घटेको छ ।

युनाइटेड मोदी हाइड्रेपावरको शेयरधनीले ५.६९ र जोशी हाइड्रोपावरको शेयरधनीले ४.७६ प्रतिशतले गुमाएका छन् । यस्तै विशाल बजार कम्पनी, सगरखमाथा इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *