ट्रोलरलाई ईशाको सुझाव – अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्

मनोरञ्जन

एजेन्सि

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै होईन । दिनहु जसो बलिबुड नायिकाहरु ट्रोलको शिकार भैरहेका हुन्छन।नायिका इशा गुप्ता पनि बारम्बार ट्रोलको शिकार हुने नायिका मध्यकि एउटी हुन।

इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् । तर, यसपटक भने इशा आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि भड्किएकी छिन् ।

उनले लेखेकी छिन्–‘कतिपय अवस्थामा प्रतिक्रिया देखेर मलाई निकै नै रिस उड्छ । म सोच्छु कि मानिसको दिमागमा के के कुरा चल्छ । जो मानिससँग केही पनि गर्ने काम छैन । उनीहरु, अरुको वालमा गएर भद्दा प्रतिक्रिया दिन्छन् । तर, उनीहरुलाई के थाहा कि, त्यस्तो प्रतिक्रियाले अरुलाई के असर गर्छ ।’

उनले, आफ्नो शरीरको अंगलाई लिएर ट्रोल गर्नेलाई सुझाव दिदै भनेकी छिन्–‘यो दुनियाँमा धेरै कुरा भैरहेको छ । यसैले दोश्रो व्यक्तिको शरीरको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् । यो अमुल्य समय उपयोगी काममा खर्च गर्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *