बुधवारको दिन गणेश जी को पूजामा यो उपाय अपनाउनुहोस हुनेछ परिवारको दुःख कष्ट दूर

धर्म दर्शन फोटो फिचर

बुधवारको दिन गणेश जी को पूजा हुन्छ अतिलाभकारी

हिन्दू संस्कृति र पूजामा भगवान श्री गणेशलाई सर्वश्रेष्ठ स्थान दीइेको छ । प्रत्येक शुभ कार्यमा सर्बप्रथम भगवान गणेशको पूजा गरिन्छ। देवताहरु पनि आफ्नो कार्य बिना कोइ विघ्नले पूरा होस भनेर गणेश जी को पूजा अर्चना सबैभन्दा पहले गर्छन्।

देबताहरुले नै स्वयं उनको अग्रपूजाको विधान बनाएका हुन्। शास्त्रमा उल्लेख गरिएको छ कि भगवान शंकर त्रिपुरासुरको वध गर्नमा जब असफल भए, तब शिव जि ले गंभीरतापूर्वक विचार गरेकि आखिर उनको कार्यमा विघ्न किन परिरहेको छ ? तब महादेव लाइ ज्ञात भयो कि उनि गणेशजी को अर्चना गरे बिना त्रिपुरासुर संग युद्ध गर्न गएका थिए। त्यसपश्चात शिवजी ले गणेशजी लाइ पूजन गरेर लड्डुको भोग लगाउनु भयो र पुन: त्रिपुरासुर माथि प्रहार गर्नुभयो, त्यस पछि उनको मनोरथ पूर्ण भयो।

सनातन एवं हिन्दू शास्त्रमा भगवान गणेश जी लाइ, विघ्नहर्ता अर्थात सबै प्रकारकोको परेशानि खत्म गर्ने वाला भनिएको छ। पुराणमा गणेशजी लाइ शनि सहित सबै ग्रहदोष दूर गर्ने वाला पनि भनिएको छ।

हरेक बुधवारमा शुभ दिन गणेशजी को उपासना गरे व्यक्ति को सुख-सौभाग्यमा ब्रिधि हुन्छ  र सबै प्रकारको कष्ट दूर हुन्छ।

गणेश जी को पुजा बिधि

बिहान स्नान गरे पश्चात तांबको पात्रमा गणेश जी को मूर्ति स्थापित गर्नुहोस्। पात्रलाइ राम्रो संग साफ गर्नुहोस् र पूजाको समय मुख पूर्व दिशामा राख्नुहोस। सफा आसनमा बस्नुहोस् र भगवान गणेशलाई फूल, धूप, दीप, कपूर, चंदन ले पूजा गरौ। गणपतिको पूजामा दुबो अर्पित गर्न न भुलौ यो अत्‍यंत शुभ मानिन्छ।

पूजा पूर्ण गरेर गणेशलाई मोदकको भोग लगाउ। अंतमा भगवानको ध्यान गर्दै यो मंत्र को १०८ चोटि मनमा जाप गरौ ॐ गं गणपतये नमः। दिन भरि व्रत राखे पछि बेलुका पनि पूजा अवश्य गर्नु पर्दछ।। यो दिन भागवत महापुराणको पाठ गर्नु पनि शुभ मानिन्छ।

बुधवारको पूजामा हरियो रंगको अत्‍यंत महत्‍व हुन्छ यो दिन हरियो रंग को फल, फूल और वस्त्र बस्त्र दान गर्नु शुभ मानिन्छ। बुधवारको व्रतमा नुन् खान वर्जित हुन्छ।दिन्मा एक पल्ट मात्र भोजन गरौ र दही, मूंगको दालको हलवा या कोई पनि हरियो वस्तुले बनेको चीज खानुपर्छ।

यो उपाय अपनाए परिवार र व्यक्ति को दुःख दूर हुन्छ ।

– बुधवारको दिन घरमा सेतो रंग को गणपतिको स्थापना गरे समस्त प्रकारको तंत्र शक्तिको नाश हुन्छ।

– धन प्राप्तिको लागि बुधवारको दिन श्री गणेश लाइ घीउ र गुड़को भोग लगाउ। केहिछिन् पछि घीउ र गुड़ गाइलाइ ख्वाइदिउ। यो उपाय गरेमा धन संबंधी समस्याको निदान हुन्छ।

– परिवारमा कलह कलेश भए बुधवारको दिन दूर्वाको गणेश जी को प्रतिकात्मक मूर्ति बनाउनुहोस। यसलाइ आफ्नो घरको देवालयमा स्थापित गनुहोस र प्रतिदिन यसको विधि-विधानले पूजा गर्नुहोस।

– घरको मुख्य प्रवेश ढोकामा गणेशजी को प्रतिमा लगाए भने घरमा सुख-समृद्धि भैरहन्छ। कुनै पनि नकारात्मक शक्ति घरमा प्रवेश गर्न सक्दैन।