कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै मन्त्रीकै अगाडि उपसचिवमाथि हातपात

समाचार

काठमाण्डौ

कर्मचारी सरुवामा अनियमितता गरेको भन्दै बुधबार आपूर्ति मन्त्रालयका उपसचिव प्रेम आचार्यमाथि मन्त्रालय भित्रै हातपात भएको छ । कर्मचारी सरुवा गर्दा पैसा खाएकाे भन्दै उनीमाथि हातपात भएको हो ।

उद्योग मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेका छन् । उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लिल गालि गर्दै हातपातमा उत्रिएको स्रोतले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिवसमेत रहेका आचार्यलाई ७ /८ जनाको समूहले हातपात गरेका थिए । सरुवामा घुस खाएकाे भन्दै उनीहरूले मन्त्रीकै अगाडि हातपात गरेका हुन् ।

आचार्यसँग भनाभन भएपछि मन्त्री मातृका यादव के काे विवाद भन्दै पुगेका थिए ।होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *