तेजु परियार र देवी घर्तीको मायालु बोले हुन्थ्यो क्यारे (भिडियो)

मनोरञ्जन

‘मायालु बोले हुन्थ्यो क्यारे’

तेजु परियार र देवी घर्तीको आवाजमा समावेश पञ्चेबाजा गीत ‘मायालु बोले हुन्थ्यो क्यारे’ सार्वजनिक भएको छ ।

यो गीतमा अनिल खनालको शब्द तथा संगीत छ । गीत बिहेको माहोलमा घन्किने अपेक्षा गर्न सकिन्छ । यो गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।

भिडियोमा रमेश थापा, सुरु गिरी, अनिल खनाल र रुसा तमाङको अभिनय छ । मनोज खत्रीको सम्पादन रहेको भिडियोमा करण चौसिरको छायांकन छ ।