चर्चित पत्रकार रबी लामिछाने र निकिता पौडेल परम्परागत रुपमा वैवाहिक बन्धनमा बाधिए [भिडियो]

फोटो फिचर समाचार

काठमान्डौ

नेपालका लोकप्रिय र सबैले मन पराएका पत्रकार र सञ्चारकर्मी रवी लामिछाने र निकिता हिजो शुक्रबार परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन् । केही समय अघि मात्र कानुनी रुपमा विवाह बन्धनमा बाधी सकेका जोडीले हिजो परम्परागत रुपमा नगरकोटमा धुमधामले विवाह गरेका छन ।

पत्रकार रवी लामिछानेले चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिने मिति केही दिन अगाडी नै सार्वजनिक भईसकेको थियो ।

केहि समय अघिनै काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गराईसकेका उनीहरुले हिजो परम्परागत रुपमा वैवाहिक बन्धनमा बाँधिएका छन ।

हिजो शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह विवाह धुमधामले सम्पन्न गरेका थिए । विवाहमा परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका थिए । उनले गत माघ सात गते निकितासँग अदालती विवाह गरेका थिए।

भिडिओ श्रोत: अन लाईन टिभी नेपाल को युटुब च्यानल

Leave a Reply

Your email address will not be published. Required fields are marked *