गायक बिक्रम बरालको कस्तो दुरी (भिडियो)

मनोरञ्जन

                                           

                                           कस्तो दुरी

दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बराल  भर्सटाइल स्वरका कारण लोकप्रिय बन्दै गैरहेका बेला उनको स्वर समावेश गीत कस्तो दुरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

नारायण गौतमका शब्द शृजना समावेश गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ ।

गायक बराल स्वयमले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय रहेको छ ।

जसमा प्रियंका र बिक्रम दुवैको अभिनय सशक्त रहेको छ ।भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।