ॐ गणेशाय नम: – बुधवार गरौ संकटनाशन गणेशको पुजन

धर्म दर्शन फोटो फिचर

भगवान गणेश

भगवान गणेश भक्तहरुको प्रसन्न भएर दुखलाई हर्नु हुन्छ र भक्तहरुको दबै मनोकामना पूर्ण गर्नु हुन्छ। कुनै पनि शुभ कार्य गर्नु पुर्व श्रीगणेश जी को पूजा गरिन्छ । यहां केहि यस्ता उपायको बरेमा जानौ जसलाई अपनाउदा सबै दुख नाश भएर धनको प्राप्ति हुनेछ।शास्‍त्रको अनुसार मानिन्छ कि श्री गणेश जीको विशेष पूजाको दिन बुधवार हो। मान्यता छ कि बुधवारमा गणेश जी को पूजा र उपाय गर्दा हर समस्‍याको निवारण हुन्छ। हनुमान जी को जसतै गणेश जी को पनि श्रृंगार सिंदूर बाट गरिन्छ, यसले तपाईको समस्त दुख दूर हुनेछ।

गरौ यो उपाय

भगवान गणेशलाई घिउ र गुड़को भोग लगाउ। भोग लगाएपछि घिउ-गुड़ गाईलाई खुवाउ। यस्तो गर्दा घरमा धन व खुशहाली आउन्छ। यदि घरमा नकारात्मक शक्तिहरुको वास छ भने घरको मंदिरमा सेतो रंगको गणपतिको स्थापना गरुनु पर्दछ। यसले सबै प्रकारको नराम्रो शक्तिको नाश हुन्छ। बुध ग्रह खराब चलिरहेको छ भने कुनै मंदिरमा गएर हरियो मूंगको दान गरौ। यसले बुध ग्रहको दोष शांत हुन्छ। बुधवारको दिन बिहान स्नान गरेर गणेश जी को मंदिरमा उनलाई दुबोको ११ या ६ गांठ अर्पित गरौ। यस्तो गर्दा कार्यहरु चाडैनै शुभ फल मिलने थाल्नेछ।

यस कुराको पनि राखौ ध्यान

यस दिन पूजाको समय श्री गणेश स्तोत्र, अथर्वशीर्ष, संकटनाशक गणेश स्त्रोतको पाठ पनि गर्नु उत्तम मानिएको छ। साथै ब्राह्मणलाइ भोजन र दक्षिणा दिदा पनि भगवान प्रसन्न हुन्छन। यस दिन उपवास गरेर बेलुकाको समय भोजन ग्रहण गरौ। सांय कालमा पनि व्रतको पारण गर्नु पूर्व गणेश चतुर्थी कथा, गणेश स्तुति, श्री गणेश सहस्रनामावली, गणेश चालीसा, गणेश पुराण आदि को पाठ गरौ। अन्तमा संकटनाशन गणेश स्तोत्र को पाठ गरेर श्री गणेश को आरती गरौ र ‘ॐ गणेशाय नम:’ मंत्र को जाप बाट पूजा को समापन गरौ।