प्रधानमन्त्रीको युरोप भ्रमण : बेलायत र फ्रान्सका समकक्षीसंगको भेटबार्ता देखि अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन सम्म

फोटो फिचर समाचार

काठमान्डौ

अन्तराष्ट्रिय सम्बन्धसम्पर्क विस्तार गर्न अग्रसर प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण जादैछन। परराष्ट्र मन्त्रालयका अधिकारीहरुले यस भ्रमणलाई ‘ऐतिहासिक महत्व’को भनेका छन् । यसपटक ओली बेलायत र फ्रान्सका समकक्षीहरुको मैत्रीपूर्ण निमन्त्रणमा ती देशको औपचारिक भ्रमणमा जाँदैछन् ।

त्यसअघि उनले स्वीटजरल्याडको जेनेभामा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नेछन् । सात वर्षको तयारीपछि हुन लागेको आइएलओको शतवार्षिकी समारोहमा विश्वका ४५ भन्दा बढी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओली २७ जेठमा सो समारोहलाई सम्बोधन गरेर साँझ अक्सफोर्ड विश्वविद्यालय अन्तर्गत अक्सफोर्ड युनियनको आयोजनमा हुने सभा सम्बोधन गर्न लण्डन पुग्ने छन् । त्यहा उनले नेपालको प्रजातन्त्र विकास बारे बिचार ब्यक्त गर्ने छन। उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार, प्रधानमन्त्री ओलीले २८ गते बेलायतकी समकक्षी टेरेजा मेसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

वार्तामा ब्यापार तथा लगानी प्रवद्र्धनलगायत द्वीपक्षीय हितका विषयमा छलफल भए पनि कुनै समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छैन । वार्ताका क्रममा पूर्व ब्रिटिस–गोर्खा सैनिकहरुका माग तथा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खाभर्तीसम्बन्धीत्रिपक्षीय सम्झौता पुनरावलोकनको विषय पनि उठ्न सक्ने सम्भावना छ ।

यी विषय भ्रमणको एजेण्डामा भने छैनन् । त्यस्तै, बेलायतकी महारानीसँगको भेटबारे केही बताइेको छैन । वेलायतबाट हालसम्म प्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण भएको छैन ।

सबैभन्दा पुरानो मित्र बेलायतमा १७ वर्षपछि नेपालबाट हुन लागेको प्रधानमन्त्रीस्तरीय भ्रमण विशेषतः आपसी सम्बन्ध बिस्तारमै केन्द्रित हुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्ने र पूर्व ब्रिटिस–गोर्खा सैनिकहरुसँग पनि भेटघाट गर्ने छ ।

प्रम ओली २९ जेठमा लण्डनबाट पेरिस पुग्नेछन् ।प्रम ओलीले फ्रान्सको औपचारिक भ्रमणका क्रममा त्यहाँका समकक्षी एडवर्ड चार्ल्स फिलिपसँग भेटवार्ता गर्नेछन् । नेपाल–फ्रान्स दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा उच्चस्तरीय भ्रमणका निम्ति ओलीको पेरिस यात्रा तय भएको हो । नेपालबाट ३५ वर्षपछि यो तहको फ्रान्स भ्रमण हुन लागेको हो ।

उनको फ्रान्स भ्रमणका क्रममा द्वीपक्षीय सम्बन्ध बिस्तारका विविध पाटोसँगै स्याटेलाइट र सुरक्षा मुद्रण सम्बन्धी जिटुजी सम्झौताबारे थप छलफल हुने सम्भावना छ ।