जानौ बंगलामुखि माताको उत्पत्ति कथा

धर्म दर्शन फोटो फिचर

बगलामुखी माता

ब्रह्मान्डमा देबी माताको धेरै रुपहरु रहेका छन। बिभिन्न कालखन्डमा देबीले अनेकौ रुप धारण गरी दैत्यहरुको बिनाश गरेर देबताहरुको कल्याण गरेको कथाहरु हामीले हेर्दै र सुन्दै आएका छौ। त्यहि सन्दर्भमा आज हामी देबी माता बंगलामुखिको बारेमा केही जानकारी दिन गैइरहेका छौ।

देवी बगलामुखीको संदर्भमा एउटा कथा धेरै नै प्रचलित रहेको छ जसका अनुशार एक चोटी सत्ययुगमा महाविनाश उत्पन्न गर्ने ब्रह्मांडीय हावा हुरी चल्यो, जसले गर्दा संपूर्ण विश्व नष्ट हुन थाल्यो, जसका गर्दा चारै तिर हाहाकार मचीन थाल्यो र धेरै मानिषहरु अफ्ट्यारोमा परे र संसारको रक्षा गर्न धेरै नै कठिन हुन लाग्यो। उक्त हावा हुरीले सबै कुरा नष्ट गर्दै अघाडी बडन थाल्यो, जस्लाई देखेर भगवान विष्णु धेरै चिंतित हुनु भयो।

उक्त समस्याको कुनै समाधान नपाएर वाह भगवान शिवलाई याद गर्न थाले, त्यति बेला भगवान शिवले वहालाइ भन्नु भयो कि शक्तिका अलावा अरु कसैले उक्त विनाशलाई रोक्न सक्दैन त्यहि भएर तपाई उनको शरणमा जानुहोस।

अनी भगवान विष्णुले हरिद्रा पोखरीको नजिक पुगेर कठोर तपस्या गर्न थाल्नु भयो। भगवान विष्णुले तपस्या गरेर महात्रिपुरसुंदरीलाई प्रसन्न गर्नु भयो अनी देवी शक्ति उनको साधना देखी प्रसन्न हुनु भयो र सौराष्ट्र क्षेत्रको हरिद्रा पोखरीमा महापीत देवीको हृदयबाट दिव्य ज्योती उत्पन्न भयो।

त्यस समय चतुर्दशीको रातमा देवी बगलामुखीको रूपमा प्रकट हुनु भयो, त्र्येलोक्य स्तम्भिनी महाविद्या भगवती बगलामुखीले प्रसन्न भएर विष्णु भगवानलाई इच्छित वर दिनु भयो र अनी त्यसपश्चात सृष्टिको विनाश रोकियो।

देवी बगलामुखीलाई बीर रति पनी भनिन्छ किनकी देवी स्वम ब्रह्मास्त्र रूपिणी हुनुहुन्छ, वहालाई शिवको एकवक्त्र महारुद्र भनीन्छ त्यसकारण देवी सिद्ध विद्या हुनु हुन्छ। तांत्रिकहरु वाहालाई स्तंभनको  देवी मान्दछन।