७४ वर्षीया वृद्धाको भुमिकामा श्रद्धा

मनोरञ्जन

एजेन्सि

अभिनेत्री श्रद्धा कपुरले ७४ वर्षीया वृद्ध महिलाको भूमिका निर्वाह गर्ने भएकी छिन् । तेलगु फिल्म निर्माता सुरेश बाबुले सन् २०१४ को चर्चित कोरियन ड्रामा फिल्म मिस ग्रैनीलाई रिमेक गर्न लागेका हुन् । त्यसको मुख्य भूमिकाका लागि उनले श्रद्धालाई प्रस्ताव राखेका छन् ।

मिस ग्रैनीमा एउटी ७४ वर्षीया महिला आफ्नो अन्तिम फोटो खिचाउन स्टुडियोमा छिर्छिन् । तर, त्यहाँ उनी रहस्यमय तरिकाले २० वर्षकी युवती बन्छिन् । त्यसपछि उनले म्युजिकमा आफ्नो करिअर बनाउँछिन् । उनले आफ्नो नातिसँग एुटा ब्यान्ड स्थापित गर्छिन् ।

तेलगु भर्सनमा पनि निर्माण गरिने यो फिल्मको नाम ओहबेबी राखिनेछ । खबरअनुसार तेलेगुमा ती वृद्ध महिलाको भूमिका सामन्था अक्किनेनीले निर्वाह गर्नेछिन् ।

श्रद्धाले यसाघि हसिना पारकर फिल्ममा निकै पाको उमेरकी युवतीको भूमिका निर्वाह गरेकी थीइन् भने उनी नितीश तिवारीको छिछोरेमा पनि वृद्ध महिलाको भूमिकामा देखिनेछिन् ।