ईतिहास रच्दै प्रधानमन्त्री ओलीद्वारा बेलायतको अक्सफोर्ड युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन

फोटो फिचर समाचार

अक्सफोर्ड, बेलायत

हाल युरोप को भ्रमणमा रहनु भएका नेपालका प्रधानमन्त्री खडक प्रशाद ओली हिजो मात्र बेलायत र बिश्वको नै सबै भन्दा ठुलो मध्यको एक बिश्वबिध्यालय ,अक्सफोर्ड बिश्वबिध्यालय अन्तर्गतको अक्सफोर्ड युनियन द्वारा आयोजना गरिएको छलफल कार्यक्रमलाई सन्बोधन गर्न अक्सफोर्ड आउनु भएको थियो।

बिश्व प्रख्यात अक्सफोर्ड युनियन त्यो ठाउ हो जहा बिश्व भरीका राजनेता, रास्ट्र प्रमुख, सेलिब्रेटी, बुद्धीजिबीहरु र बिद्वानहरुले बिशिट समुह माझ आफ्नो मन्तब्य प्रस्तुत गर्ने गर्दछन। सोही बिशिषट थलोमा नेपालको ईतिहाशमा पहिलो पट नेपालका प्रधानमन्त्री द्वारा गरिएको सम्बोधन आफै मा एतिहाशिक क्षण बन्न पुगेको छ।

तस्बिर को श्रोत हरु: अक्सफर्ड युनिअन को आधिकारिक ट्विटर [Image Source : Oxford Union Official Twitter]

उक्त कायक्रममा प्रधानमन्त्री खडक प्रशाद ओली संग वाह की धर्म पत्नी पनी शरिक हुनु भएको थियो। उक्त कार्यक्रम बेलायतको समय अनुशार बेलुक ९.३० मा सुरु भएको थियो भने, कार्यक्रम लग्भग १०.३० सम्म चलेको थियो। प्रधानमन्त्री संग बेलायतका लागी नेपाली राजदुत महामहिम डा दुर्गा बाहादुर सुबेदी पनी उक्त कार्यक्रममा उपस्थिति हुनु हुन्थ्यो, साथै अक्सफर्डमा बसोबाश गरीरहेका नेपाली समुदायका सदस्यहरुको पनी उपस्थिती रहेको थियो।

तस्बिर को श्रोत हरु: अक्सफर्ड युनिअन को आधिकारिक ट्विटर [Image Source : Oxford Union Official Twitter]

उक्त कार्यक्रममा प्रधानमन्त्रीले प्रजातन्त्रको महत्वको बारेमा प्रकाश पार्नु भयो। साथै नेपालको सन्धर्भमा सधै नेपाली जनता र देशको उन्नतीका लागी प्रजातन्त्रको आबस्यक्ता रहेको कुराको जानकारी दिनु भयो।

प्रधानमन्त्रीको सम्बोधन पछि उक्त कार्यक्रममा प्रधानमन्त्री र दर्शकहरु बिच अन्तर्क्रिया कार्यक्रम् भएको थियो जस्मा केही दर्शकहरु द्वारा नेपालको राजनिती, सामाजिक र अर्थिक मामिलालाई केन्द्रित गर्दै  प्रश्नहरु सोधिएको थियो, भने एक जना बिदेशी दर्शक द्वारा नेपाल, भारत र चिनको सम्बन्धको बारेमा पनी प्रश्न गरिएको थियो।समग्रमा प्रधानमन्त्रीको कार्यक्रम् छोटो अबधीका लागी भए पनी नेपाली दर्शकहरु माझ उत्साह देखिन्थ्यो।