किन रोईन भाग्यश्री सलमानको अँगालोमा बेरिँदा !

मनोरञ्जन

मुम्बैइ

बलिउड सुपरस्टार सलमान खान अहिले ‘भारत’का कारण चर्चामा छन् । भारतले बक्स अफिसमा गजबको कमाइ गरिरहेको छ । फिल्ममा उनको अपोजिटमा कटरिना कैफ छिन् ।

सलमानको पहिलो फिल्म ‘मैने प्यार क्यु किया’मा भाग्यश्री एक दृश्य गरेपछि अत्याधिक रोएकी थीन् । यो फिल्मबाट भाग्यश्री सुपरस्टार बनेकी थीइन् ।

सो फिल्ममा सलमानसँग अँगालोमा बाँधिनपर्ने दृश्य थियो । सो दृश्य छायांकनपछि उनी खुब रोएकी थीइन् । सलमान दुःखी भएर भाग्यश्रीलाई सोधेका थिए, ‘मैले के गल्ती गरेँ ?’ तर, भाग्यश्रीले जवाफ दिएनन् ।

निर्देशकले सोध्दा उनले बतैन् कि भाग्यश्रीको परिवारमा आजसम्म पनि त्यस्तो काम गर्न छुट छैन । यही कारण अँगालोमा रहने दृश्य गरेपछि दुःखी भएर रोएकी थीइन् ।

भाग्यश्रीले यो फिल्मपछि विवाह गरिन् र फिल्मी दुनियाँबाट टाढा रहिन् । सो फिल्ममा जोडिएका उनीहरूका किस्सा खुबै चर्चित छन् । १९८९ मा आएको यो फिल्मको ‘कबुतर जाजा’ गीत हिट भएको थियो ।