पोखराको उत्तमचोकमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीको गोली प्रहार

समाचार

पोखरा 

लागूऔषध कारोबारी पक्रँदा प्रहरीले पोखरा गोली चलाएको छ । बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

उत्तम चोकको ए उटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । उनको पार्कल्यान्ड अस्पताल अमरसिंह चोकमा उपचार भैरहेको छ। रेस्टुरेन्टमा लागूऔषध कारोबारी बसिरहेको थाहा पाएर प्रहरी पुगेको थियो ।

प्रहरी आएको देखेर ती कारोबारी चिपर्ट दाउराले प्रहरीमाथि प्रहार गरी भागेपछि प्रहरीले गोली चलाउँदा खुट्टामा गोली लागेको छ ।खुट्टामा प्रहरीको गोली लागेर घाईते भएका गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैइरहेको छ।

पक्राउ परेका थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।