टिप्परको ठक्करबाट पत्रकारको मृत्यु

समाचार

सुर्खेत 

टिप्परको ठक्करबाट सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट मृत्यु भएको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नन्दबहादुर गेलाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँका अनुसार छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर चालक फरार रहेको प्रहरी निरीक्षक चौलागाईँले बताए । प्रहरीले चालकको खोजी गरिरहेको बताएको छ ।