आलियाले रणवीरसँगको सम्बन्धलाई बनाईन ‘अफिसियल’

मनोरञ्जन

एजेन्सि

बलिउडमा रणवीर कपुर र आलिया भट्टको प्रेम सम्बन्धले चर्चा पाएको समाचार अब नयाँ रहेन । उनीहरू पार्टी तथा इभेन्टमा प्रायः सँगै देखिन्छन् । मिडियामा पनि दुवैको सम्बन्धलाई लिएर खुबै चर्चा हुन्छ ।

आलियाले फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दा स्टेजबाटै रणवीर कपुरलाई ‘आइ लभ यु’ भनेकी थीइन् । अहिले आलियाले रणवीरसँगको सम्बन्धलाई अफिसियल बनाइदिएकी छिन् ।

हालै उनले बम्बे टाइममा दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘म इमानदारिताका साथ बोलिरहेकी छु कि अचेल म आकाशमा उडिरहेकी छु । हामी (रणवीर कपुर) सँगैसँगै देखिने गर्छौं, यसको मतलब सहज सम्बन्धको निसानी हो । कसैको आँखा नलागोस् ।’ आलिया र रणवीरले हालै ब्रह्मास्त्रको सुटिङ सकेका छन् ।