फिल्म ‘अदाई’मा दिएको न्युड सिन बारे यसो भनिन अभिनेत्रि अमला पलले (टिजर)

मनोरञ्जन

एजेन्सी

अमला पल यतिबेला आफ्नो नयाँ फिल्म ‘अदाई’ लाई लिएर निकै चर्चामा छिन्। यो फिल्ममा अमलाले एक बलात्कृत महिलाको भूमिका निर्वाह गरेकी छन्।

फिल्मको कथा बस्तुको माग अनुसार अमलाले न्युड शुट गर्ने निर्णय पनि लिनु परेको थियो। फिल्मको न्युड सिन सामाजिक संजालमा भाइरल भएको थियो।

अमलाले न्युड सिनका विषयमा भारतीय संचारमाध्यमसँग कुरा गरेकी छन्। अमलाले फिल्मको सिनलाई लिएर द हिन्दुसँग भनिन्–मैले फिल्म निर्देशक रत्ना कुमारसँग फिल्मको शुटिङका विषयमा सोधेकी थिएँ। किनभने शुटिङ भन्दा पहिला म निस्फिक्री थिएँ।’

उनले अगाडि भनिन्–मलाइ के चिन्ता थियो भने न्युड सिन कसरी खिचिन्छ, न्युड सिन खिच्दा कति जना मानिस हुन्छन् भन्ने पनि थियो। त्यो बेला शुटिङ गर्दा १५ जना उपस्थित थिए। मलाइ टीममाथि पूरा विश्वास र भरोसा थियो त्यही भएर न्युड सिन गर्न सकेँ।’

अमला पलले फिल्ममा जुन भूमिका निर्वाह गरेकी छन् त्यसकालागि न्यूड हुनुपर्यो। फिल्मको टीजर रिलीज भएसँगै उनको चर्चा पनि सुरु भयो। समाजिक संजालमा उनले दिएको सीनलाई लिएर विवाद भयो। केहीले उनलाई ट्रोल पनि गरे। तर केही कलाकारले भने उनको कामको प्रसंसा पनि गरे।