चलचित्र ‘साहो’को गित ‘साइको सैयाँ’ प्रति दर्शकको क्रेज

मनोरञ्जन

‘साइको सैयाँ’

बहुप्रतिक्षित दक्षिण भारितय चलचित्र ‘साहो’को पहिलो गीत सार्वजनिक भएको छ । यसमा अभिनेता प्रभास तथा बलिउड अभिनेत्री श्रद्धा कपूरलाई देख्न सकिन्छ ।‘साइको सैयाँ’ लाई यो वर्षकै सबैभन्दा उत्कृष्ट पार्टि गीत हुने अनुमन गरिएको छ ।

उक्त गीतलाई लिएर दर्शकहरुको क्रेज के कुराबाट पनि अनुमान गर्न सकिन्छ भने यो गीत यूट्युबमा अपलोड भएको पहिलो घण्टा नै तीन लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

यो गीतलाई पेपी गीत भनिएको छ, जसमा प्रभास र श्रद्धाको जोडी पनि उत्कृष्ट देखिएको छ । यो गीतलाई तनिस्क बागजीले संगीतबद्ध गरेका हुन् भने शब्द पनि उनैले रचना गरेका हुन् ।

गीतमा सचेत तण्डन, देब्यानी भानुशाली तथा तनिष्क बागजीको स्वर छ । राजू सुन्दरमले गीतमा कोरियोग्रँफी गरेका छन् । उक्त गीतमा प्रभास जति हेण्डसम देखिएको छन्, त्यति नै सुन्दर देखिएकी छिन् श्रद्धा कपूर ।