२० लाखको कार आयातमा ६५ लाख कर !

अर्थ समाचार

काठमाडौं

छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैंयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्छ । तर मुलुकको वास्तविकता यही हो ।

आगामी आर्थिक बर्ष २०७६७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरानुसार २० लाख रुपैंयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने भएको हो ।

भन्सार विभागले आगामी आव २०७६७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरानुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैंयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महशुल, सतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिबृद्धि कर(भ्याट) सहित सो कारमा ६५ लाख रुपैंयाँ कर बुझाउनुपर्ने बाध्यता छ।अझै सडक दस्तुर १० प्रतिशतले ६ लाख ८४ हजार रुपैयाँ हुन आउन्छ ।

सडक दस्तुरपछि कारको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ । अझै त्यसमा १३ प्रतिशत भ्याटसहितको मूल्य ९ लाख ७८ हजार १२० रुपैयाँ जोड्दा अब भ्याटपछि सो कारको कुल मूल्य ८५ लाख २ हजार १२० रुपैयाँ पुग्छ ।

जम्मा २० लाखको कारमा यसरी विभिन्न शीर्षक गरी थपिएका करसहित अहिले नेपाली उपभोत्ताले एउटा सवारीसाधन आयात गर्दा यति धेरै कर बुझाउन बाध्य भएको भन्दै गुनासो गर्ने गरेका छन् ।राजधानी दैनिक