अभिनेत्रि शिल्पा पोखरेलले दीइन् पति छबि विरुद्ध प्रहरीमा उजुरी

मनोरञ्जन

काठमाडौं 

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् । आफू श्रीमानबाट असुरक्षित भएको भन्दै शिल्पाले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएकी हुन् ।

प्रवक्ता (प्रहरी नायव उपरिक्षक) होविन्द्र वोगटीले शिल्पाले उजुरी दर्ता गराएको बातए। योसंगै शिल्पा र छविबिचको विवादको कुरा बाहिर आएको छ ।

शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’बाट चलचिय्त मा भित्रयाएका थिए । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

केही वर्षको प्रेमपश्चात २०७३ सालको दशैंमा यी दुईले गोप्य रुपमा बिहे गरेका थिए । तर, लामो समय यी दुईले आफ्नो बिबाहलाई लुकाएका थिए । गत वर्ष मात्र निर्माता छविराजले आफूहरुले बिबाह गरेको बताएका थिए ।

शिल्पा छविराजको चौथो श्रीमतिका रुपमा भित्रिएकी हुन् । रेखा थापा छविको तेस्रो श्रीमती थीइन् । त्यसयता शिल्पाले छविराजको ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।