रोहित चुके अब पालो बार्नरको

खेलकुद

एजेन्सी 

विश्वकप क्रिकेटको सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्धको खेलमा रोहित शर्माले सचिन तेन्दुलकरको विशाल विश्वरेकर्ड तोड्ने अपेक्षा गरिएको थियो । तर, रोहितले यो खेलमा त्यो रेकर्ड तोड्न असफल रहे । उनी १ रनमै आउट भए । आज अस्ट्रेलियाका डेभिड वार्नरले त्यो रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।

एक विश्वरेकर्डमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको रेकर्ड सचिन तेन्दुलकरको नाममा छ । उनले २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए ।

हिजोको खेलअघिसम्म रोहित शर्माले ६४७ रन बनाएका थिए र उनी सचिनको रेकर्ड तोड्न मात्रै २७ रन पछाडि थिए । रोहितले हिजो त्यो रेकर्ड तोड्ने अपेक्षा गरिएको थियो तर उनी एक रनमै म्याट हेनरीको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए ।

अब त्यो रेकर्ड तोड्ने अवसर अस्ट्रेलियाका डेभिड वार्नरसँग छ । वार्नर आज इङल्याण्डविरुद्ध सेमिफाइनलमा उत्रिँदैछन् । वार्नर पनि सचिनकोरेकर्डबाट मात्रै ३६ रन टाढा छन् । आज वार्नरले ३६ रन बनाउन सकेमा तेन्दुलकरको रेकर्ड तोडिनेछ । वार्नरले जारी विश्वकपमा ६३८ रन बनाइसकेका छन् ।