ईङ्ल्यान्ड बन्यो विश्वकप क्रिकेट २०१९ को बिजेता

खेलकुद फोटो फिचर समाचार

काठमान्डौ

हिजो मात्र सम्पन्न भएको आइसीसी विश्वकप क्रिकेट २०१९ को बिजेताको उपाधी आयोजक रास्ट्र ईङ्ल्यान्डले हाथ पार्न सफल भएको छ। बेलायतको लर्ड्स खेल मैदानमा भएको फाईनल खेलमा आयोजक रास्ट्र ईङ्ल्यान्ड र न्युजिल्यान्ड बिच खेल भएको थियो। खेल आफैमा रोमान्चक भएको थियो। थुप्रै घम्साघम्सी पछी उक्त खेलको बिजेताको रुपमा आयोजक रास्ट्र ईङ्ल्यान्डलाई घोषित गरियो।

हिओ भएको एतिहाशिक फाईनल खेलमा न्युजिल्यान्डले टस जिति ब्याटिङ गर्ने निर्णय गरेको थियो। उक्त ५० ओभरको खेलमा न्युजिल्यान्ड ८ बिकेट गुमाई २४१ रनको लक्ष दिएको थियो भने उक्त रन को लक्षलाई पक्षाउदै आयोजक रास्ट्र ईङ्ल्यान्डले ५० ओभर मा १० बिकेट गुमाई २४१ रन बनाएको थियो। खेल बराबरीमा सम्पन्न भएको थियो।

उक्त बराबरीको खेल पछी उक्त खेललाई निणायक बनाउनका लागी अतिरिक्त ओभर सुपर ओभर खेलाइयो जस्मा फेरि दुबै टिम १५ रनको बराबरीमा टुंगियो तर खेल को निर्णय हुन सकेन। तर उक्त खेललाई निर्णायक बनाउन का लागी आईसिसिको नियम अनुषार ईङ्ल्यान्डले बढी छक्का हिर्काएको आधारमा टिम ईङ्ल्यान्डलाई विश्वकप क्रिकेट २०१९ को बिजेता घोषित गरिएको थियो।

ईङ्ल्यान्ड क्रिकेट टिम को तर्फ बाट ब्याट्सम्यान बेन स्टोकस ले ८४ रन बनाउन सफल भएका थिएये भने अर्का ब्याट्सम्यान जोस बटलर ले ५९ रन बनाउन सफल भएका थिये।