विश्वकप क्रिकेट : न्युजिल्याण्डका कप्तान विलियम्सन बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

खेलकुद

एजेन्सी 

विश्वकप २०१९ को उपाधि घरेलु टोली इंग्ल्याण्डले जितेको छ। लर्डसमा भएको रोमाञ्चक खेलमा न्युजिल्याण्डलाई पराजित गर्दैइंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको हो।

आजको खेलको हिरो बेन स्टाक्स बने । उनले शानदार ब्याटिङ गर्दै टिमलाई सुपर ओभरमा पुर्याएका थिए। यस्तै विश्वकप २०१९ को ‘प्लेयर अफ द टुर्नामेन्ट’ न्युजिल्याण्डका कप्तान केन विलियम्सन बनेका छन्।

उनले यो विश्वकपमा कुल ५७८ रन बनाएका थिए भने उत्कृष्ट कप्तानी गरेर टिमलाई फाइनलसम्म पुर्याएका थिए।