आजपनि देशभर वर्षा हुने, सतर्क रहन आग्रह

समाचार

काठमाडौं 

आज  पनि मुलुकका विभिन्न स्थानमा अंशिक बदली भैइ भारी वर्षाको सम्भावना छ। जल तथा मौसम पूर्वानूमान महाशाखाले मनसुन न्यून चापीय रेखामा सक्रिय रहेकाले अझै ३ दिनसम्म वर्षा हुने अनुमान छ।

मौसम पूर्वानूमान महाशाखाले आज दिनभर पनि वर्षा हुने जनाएको छ। महाशाखा अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै गरी आज राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। एक सातादेखि निरन्तर भैइरहेको वर्षाका कारण ठुलो धनजनको क्षति भैइरहेकाले अझै सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।