बिबादमा त्यो ‘एक रन’: जसका कारण न्यूजिल्याण्डको हातबाट विश्व कपको उपाधि गुम्यो

खेलकुद

बीबीसी

क्रिकेट विश्व कपको फाइनल खेल निकै रोमाञ्चक भयो। शायद यो क्रिकेट इतिहासको पहिलो यस्तो अवसर थियो जब सपर ओभर पनि टाई भयो। र, विश्व च्याम्पियनको तक्मा कसलाई दिने भनेर विशेष नियममार्फत तय गरियो।

विश्व विजेताको घोषणापछि दुवै टीममा प्रशंसक दुई खेमामा विभाजित भए। विजेता टीमको समर्थन गर्ने प्रशंसक ‘नियम त नियम नै हुन्छ’ भन्ने तर्क गरिरहेका छन् भने पराजित हुने टीमका प्रशंसक त्यो नियमलाई गलत भन्दैछन्।

आइसीसीको रुल बुकको यो नियमका कारण इंल्याण्डको क्रिकेट टीम पहिलो पटक विश्व विजेता बन्न सफल भयो। यद्यपी फाइनल खेलमा एक रन निकै विवादित बन्यो। यो विवाद इंल्याण्डको पारीको ५० औं ओभरको चौथो बलसँग सम्बन्धित छ। यो विषयमा क्रिकेट वेबसाइट ईेसपीएन क्रिकैंफोले विस्तृतमा समाचार दिएको छ।

न्युजिल्याण्डका तर्फबाट ट्रेण्ट बोल्ट अन्तिम ओभरमा बलिङ गरिरहेका थिए। अन्तिम ओभरमा इंल्याण्डले १५ रन बनाउनुपर्ने थियो।

५० ओभरको चौथो बल

पहिलो दुई बलमा स्टोक्सले कुनै रन बनाउन सकेनन्। तेस्रो बलमा स्टोक्सले छक्का प्रहार गरे। त्यसपछि बोल्टले चौथो बल फुलटस हाले, स्टोक्सले उक्त बल डीप विकेटतर्फ खेले।

मार्टिन गप्टिलले बल समाउने वित्तिकै त्यसलाई थ्रो रे। गप्टिलको थ्रोको समयमा स्टोक्सले दोस्रो रन लिए दौडिएरहेका थिए। गप्टिलको सिधा थ्रो स्टोक्सको ब्याट्समा ठोक्कियो र बल बाउण्ड्री पारि गयो।

आफ्ना साथी अंपाएरसँग सल्लाह गरेपछि कुमार धर्मसेनाले ब्याट्सम्यानलाई ६ रन दिए। यो निर्णयले इंग्याण्डको बाटो सजिलो भयो। तीन बलमा नौ रन बनाउने चुनौती सामु अब दुई बलमा तीन रन बनाउनु पर्ने भयो।

यो चौथो बलमा प्राप्त ६ रनका विषयमा के भनिन्छ भने त्यो पाँच रनमात्र हुनुपथ्र्यो। किनभने यस अघि पनि यस्तो अवस्थामा काम आउने आइसीसी नियमलाई बुझ्न आवश्यक छ।

नियममा के छ?

आइसीसीको नियम १९.८ को अनुसार यदि ओभर थ्रो वा कुनै फिण्डरका कारण बाउण्ड्री भए ब्याट्सम्यानले लिएको रनलाई पनि जोडेर दिने गरिन्छ। ब्याट्सम्यानले लिएको रनसँग यदि ब्याट्सम्यान थ्रो वा एक्टको समयमा रन लिनलागि अर्कोलाई क्रस गरिसकेको छ भने त्यसलाई पनि एक रन मानिन्छ।

नियमको अर्को भाग यस खेलसँग निकै सम्बन्धित छ। किनभन खेलको भिडियो फुटेजमा स्पष्ट रुपमा के देखिन्छ भने गप्टिलले जब सिधै प्रहार गरे तब बेन स्टोक्स र आदिल राशिदले अर्को रनकालागि एक अर्कालाई क्रस गरेका थिएनन्।

यद्यपी मुल नियममा थ्रोसँगै एक्ट पनि लेखिएको छ, जसबाट यो कुराको सम्झाना बन्छ की एक्टको मतलब बल ब्याटसँग ठोक्किनु, फिल्डरसँग ठोक्किनु हो। तर नियममा ब्याट्सम्यानको एक्षनको कतै उल्लेख गरिएको छैन। त्यसो त यो विषयमा आइसीसीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

उता ५० औं ओभरको चौथो बलमा बनेको ६ रनमा जुन अतिरिक्त रन थियो, त्यसैका कारण न्युजिल्याण्डले आफ्नो हातमा आइपुगेको विश्वकप गुमाउन पुग्यो। यसमा सहमत नहुने मानिस पनि के कुरामा सहमत हुन्छन् भने त्यो ओभर थ्रोको चौकाका कारण न्युजिल्याण्डको हातबाट विश्व कपको उपाधि गुम्यो।