‘कबिर सिंह’ को साइद इफेक्ट – शाहिद कपुरको पारिश्रमिक ३० करोड भारु

मनोरञ्जन

एजेन्सि

यो वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लीएको छ ।

यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढणएका छन् । समाचारमा जनाइे अनुसार अभिनेता कपूरले आफ्नो पारिश्रमिक ३ करोड भारुबाट बढाएर ३० करोड भारु पुर्‍याएका छन् ।

त्यसो त कबिर सिंहलाई शाहिदको पहिलो सोलो हिट फिल्म समेत मानिएको छ । यो फिल्मले सोच भन्दा बढि सफलता हासिल गरेको हो । जसका कारण शाहिदको भाउ स्वतः बढ्न पुग्यो । उनी बलिउडकै हट प्रोपर्टी बन्न पुगे । उनलाई यतिबेला नयाँ नयाँ फिल्मका साथै विज्ञापनहरुबाट समेत प्रसस्त प्रस्तावहरु आउन थालेका छन् ।

फिल्मका लागि त उनले आफ्नो पारिश्रमिक ३० करोड भारु बताइसकेका छन् । कबिर सिंहका लागि उनलाई ३ करोड भारु पारिश्रमिक दीएको थियो । करिब सिंहको सफलतासंगै उनले आफ्नो पारिश्रमिकको दर बढाएका हुन् ।