‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गित ‘दुबो फुल्यो’ सार्वजनिक

मनोरञ्जन

‘दुबो फुल्यो’

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीकोि संगीत, हर्क साउदको शब्द छ ।

लोक लयको यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । चलचित्रको यो गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचरिङ गरिएको छ । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्र भदौ १३ गतेबाट अल नेपाल रिलिज हुँदैछ । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रको सह–लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।