कश्मिर मुद्दा समाधान गर्न अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यस्थता गर्ने प्रस्ताव

अन्तर्राष्ट्रिय

बीबीसी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच दशकौंदेखि चल्दै आएको कश्मिर विवाद समाधान गर्न मध्यस्थता गर्ने प्रस्ताव राखेका छन्। यो विषयमा अमेरिकाको नीति अहिलेसम्म द्विपक्षीय समाधानको रहँदै आएको छ।

अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको भेटमा राष्ट्रपति ट्रम्पले भने–यदि मैले सहयोग गर्न सक्छु भने मलाइ मध्यस्थकर्ता बनेर खुसी हुनेछ। यदि मेरो सहयोग आवश्यक पर्यो भने मलाइ भन्नु होला।’

जवाफमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने–अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो र अमेरिकाले उपमहाद्वीपमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। कस्मिरको समस्याका कारण एक अर्व भन्दा धेरै मानिसले दुख पाएका छन्। मलाइ विश्वास छ अमेरिकी राष्ट्रले दुवै देशलाई नजिक ल्याउन सक्नुहुन्छ।’

इमरान खानले पाकिस्तानले भारतसँग वार्ता गर्न पूरा कोशिश गर्दा पनि यो दिशामा कुनै प्रगति हुन नसकेको बताए। उनले राष्ट्रपति ट्रम्पले यो दिशामा भूमिका निर्वाह गर्न सक्ने आशा व्यक्त गरे।

प्रधानमन्त्री खानसँग पाकिस्तानी सेना प्रमुख जनरल कमर बजवा र आईएसआई प्रमुख पनि अमेरिकाको भ्रमणमा छन्। ट्रम्पसँगको भेटमा इमरान खानले भने–मैले आफूसँग हाम्रा सेना प्रमुखलाई पनि ल्याएको छु। किनभने हामीले सुरक्षा अवस्थासँग जुध्नुपर्छ। हामी दुवै देशबीच आपसी सम्बन्ध बलियो बनाउन चाहन्छौं।’

इमरान खान अमेरिकासँग पाकिस्तानको सम्बन्ध बलियो बनाउनकालागि अमेरिका पुगेका हुन्। अफगानिस्तानमा जारी संघर्षका कारण दुवै देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ।

राष्ट्रपति ट्रम्पले गत वर्ष पाकिस्तानलाई दीँदै आएको अमेरिकी सैन्य र आर्थिक सहायता बन्द गरिदिएका थिए। उनले पाकिस्तानमाथि झुट बोलेको र धोका दिएको आरोप लगाएका थिए।

इमरान खानले अमेरिकाबाट पाकिस्तानलाई जुन सहयोग प्राप्त हुन्छ, त्यो अमेरिकाको आतंकवाद विरुद्ध युद्धमा पाकिस्तानले जुन मूल्य चुकाएको छ, त्यसको तुलनामा अमेरिकी सहयोग केही पनि नभएको बताए।

पाकिस्तानको प्रधानमन्त्री बनेदेखि नै इमरान खान अमेरिका र पाकिस्तानबीचको समबन्ध सुमधुर बनाउनुपर्ने वकालत गर्दै आएका छन्। यद्यपी उनले अमेरिकी ड्रोन आक्रमणको चर्को आलोचना पनि गर्दै आएका छन्।

उता ट्रम्प प्रशासन अफगानिस्तानबाट अमेरिकी सैन्य बल फिर्ता गर्न चाहन्छ, त्यही भएर उसले तालिबानसँग वार्ता पनि गरिरहेको छ। अंेरिकाले पाकिस्तानमाथि आतंकवादी समूह तालिबानलाई सहयोग गरेको आरोप पनि लगाउँदै आएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्पले ह्वाइट हाउसमा इमरान खानसँगको भेटवार्ताका क्रममा अमेरिका पाकिस्तानसँग मिलेर अफगानिस्तान युद्धको समाधानकालागि काम गरिरहेको बताएका थिए। ट्रम्पले पाकिस्तानलाई अमेरिकी सहयोग पुन सुचारु गर्ने संकेत पनि दिएका छन्।

यद्यपी भेटवार्ताका क्रममा कुन कुन विषयमा सहमति बन्यो भन्ने विषयले यसमा निर्भर गर्ने बताइेको छ। ट्रम्पले भारतसँग पाकिस्तानको सम्बनध सुमधुर बनाउन अमेरिका सहयोग गर्न तयार रहेको बताएका थिए।

इमरान खानले अफगानिस्तान युद्धको एकमात्र समाधान तालिबानसँग शान्ति सम्झौता रहेको उल्लेख गर्दै तालिबानसँग शान्ति सम्झौताको नजिक पुगेको बताए। उनले भने–आशा गरौं आगामी केही दिनभित्रै तालिबानलाई वार्ता जारी राख्न भन्नेछु।’

१७ वर्षदेखि जारी अफगानिस्तान युद्ध समाप्त गर्न अमेरिका पाकिस्तानको भूमिकालाई महत्वपूर्ण मान्दै आएको छ। तर यी दुई मुलुकबीचको सम्बन्ध उतार चढावपूर्ण रहँदै आएको छ।