अपडेट : गुल्मीको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

समाचार

गुल्मी

अपडेट : गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । २ जना अझैं बेपत्ता भएका छन् । सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो ।

गुल्मीमा पहिरोमा पुरिएर मुत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको छ ।

सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु २ जनाको निकाल्ने क्रम भैरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, १० बर्षकी सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् ।

त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३० वर्षिय तिलकुमारी त्रामु, १० वर्षिय दर्शन त्रामु मृत्यु भएको हो । उनिहरु आमा छोरा हुन् ।

सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।

सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रामयमाझीसहितको टोली घटनास्थलमा छ । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने बताइेको छ ।