छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

मनोरञ्जन

काठमाडौं 

निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुजी जारी गरेको छ। बहुविवाहको मुद्दा दर्ता भएपछि अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी दिए। छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको निवेदन दिएकी थीइन्। सोही अनुसार जिल्ला अदालत काठमाडौंले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरेको खत्रीको भनाइ छ।

महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको जानकारी आएको भए पनि अहिलेसम्म प्राप्त नभएको बताए।

डीएसपी बोगटीले भने, ‘पक्राउ पुर्जी प्राप्त भएलगत्तै उनीहरुलाई पक्राउ गर्छौँ।’ ।। फिल्म निर्माता छविराज ओझाविरुद्ध जेठी पत्नी हेमाले अैतबार बहुविवाहको मुद्दा हालेकी थीइन। उनले छविकी कान्छी पत्नी शिल्पा पोखरेललाई पनि विपक्षी बनाएकी छन्।

जेठीसँगको सम्बन्ध नतोडिकन शिल्पालाई घर भित्र्याएपछि हेमाले उनीहरूविरुद्ध अैतबार प्रहरी परिसर गौशालामा बहुविवाहको मुद्दा दायर गरेकी थीइन्।