युवा क्रिकेटर पृथ्वी शासहित ३ भारतीय खेलाडी प्रतिबन्धित औषधि लिएको आरोपमा निलम्बनमा

खेलकुद

एजेन्सी 

बीसीसीआइले भारतीय क्रिकेटर पृथ्वी शालाई ८ महिनाको निलम्बन गरेको छ। उनलाई डोपिङमा दोषी ठहर गर्दै निलम्बन गरिएको इेसपीएन क्रिकैन्फोले जनाएको छ।

उनलाई आगामी नोभेम्बर १५ सम्म निलम्बन गरिएको हो। हिपको चोटबाट ग्रसित पृथ्वी वेस्ट इन्डिज भ्रमणका लागि घोषणा गरिएको टिममा थिएनन्। तर निलम्बनमा परेपछि अब उनले घरेलु मैदानमै हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको टेस्ट गुमाउनेछन्।

पृथ्वीसँगै अन्य २ खेलाडी पनि निलम्बन परेका छन्। उनीसँग घरेलु क्रिकेट खेल्ने अक्षय दुलारवर र राजस्थानका दिव्य गजराजलाई पनि निलम्बन गरिएको छ। बीसीसीअैइले मंगलबार एक विज्ञप्ती जारी गरेर उक्त जानकारी दिएको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) ले पृथ्वीले प्रतिबन्धित ‌औषधी सेवन गरेकाले निलम्बन गरिएको जनाएको छ।

फेब्रुअरी २०१९ मा मुश्ताक अली ट्रफीको एक म्याचको समय पृथ्वीको पिसाबको नमुना लीएको थियो। उक्त नमुनाको जाँज गर्दा उनले प्रतिबन्ध लगाएको औषधी सेवन गरेको पाइेको छ।

पृथ्वीले औषधी सेवन गरेको स्विकार गर्दै भूलवस खाएको बताएको बीसीसीआइले जनाएको छ। भारतीय राष्ट्रिय टिमबाट टेस्टमा डेब्यू गरिसकेका पृथ्वी कम उमेरमा शतक प्रहार गर्ने सचिन तेन्दुलरपछि दोस्रो खेलाडी हुन्।