योगेश भट्टराई मन्त्री हुने बित्तिकै गगन थापाले आफ्नो सामाजिक सन्जालमा यस्तो लेखे

फोटो फिचर राजनीति समाचार

काठमान्डौ

हिजो मात्र नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका थिए ।

वहा संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री को सफत लिए लगतै सबै तिरबाट मन्त्री भट्टराई लाई बधाई दिने हरुको ओइरो लागेको छ। यस्तै प्रकरणमा नेपाली काङ्रेशका युवा नेता र पुर्ब स्वास्थ मन्त्री गगन थापाले आज आफ्नो फेसबुक वालमा मन्त्री भट्टराईलाई नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री भएको अवशरमा बधाई दिनु भएको छ जसमा उनले भनेका छन;

“दाइ, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस्। मन्त्रीको रूपमा तपाईँको सफलता तपाईँ र तपाईँको पार्टी संग मात्र होइन हाम्रो पुस्ताको राजनीतिकर्मीहरू प्रतिको आशा र विश्वास संग जोडिएको छ। मुरी मुरी शुभकामना ।।”