धन सम्बन्धि समस्या निवारणका लागि यसरी गरौ वैभवलक्ष्‍मीको व्रत एवम् पूजा

धर्म दर्शन फोटो फिचर

वैभवलक्ष्‍मीको पूजा

हिन्दू धर्ममा वैभवलक्ष्मीको पूजा सुख-समृद्धि, धन, वैभव र ऐश्‍वर्यको प्राप्तिका लागि गरिन्छ। मान्यता छ कि, नियम पूर्वक पुरै विधि विधानको साथ यसको पुजा गर्दा व्यक्तिलाई यो सबै चीजको प्राप्ति हुन्छ ।

यसरी गरौ वैभवलक्ष्‍मीको व्रत एवम् पूजा

माता वैभवलक्ष्मीको व्रत शीघ्र फलदायी हुन्छ, त्यहि पनि यदि फल शीघ्र मिलेन भने एक महिनाको फरकमा यसलाइ पुन: शुरु गर्नु पर्दछ र इच्छानुसार पूर्ण हुने सम्म व्रत तीन-तीन महिनामा गरिराक्नु पर्दछ।

यो व्रत प्रत्येक शुक्रवारको दिन गर्नु पर्दछ ।व्रत शुरु गर्नु भन्दा पहिले यो कुराको तय गर्नु पर्दछकि तपाई कति शुक्रवार सम्म यो व्रत गर्न चाहानुहुन्छ। जस्तै -११, छ, या अझै ज्‍यादा। त्यसपश्चात व्रत समाप्त भएमा श्रद्धापूर्वक उद्यापन गरौ।

एक पटक व्रत पुरा भएपश्चात दोबारा बाट कुनै अरु मन्नत मागेर गर्न सक्नुहुन्छ। लक्ष्मी जी लाइ श्रीयंत्र अति प्रिय हुन्छ, त्यसैले व्रत गर्ने समय श्री यंत्र सहित माता को श्रीगजलक्ष्मी, श्री अधिलक्ष्मी, श्री विजयलक्ष्मी, श्री ऐश्‍वर्यलक्ष्मी, श्री वीरलक्ष्मी, श्री धान्यलक्ष्मी र श्री संतानलक्ष्मी सबै रूपलाइ प्रणाम गरौ।

व्रतको दिन बिहानै बाट मां लक्ष्मीको नामको स्मरण मन मनै गरिराख्नु पर्दछ। याद राखौ कि शुक्रवारको दिन यदि तपाई घर बाट बाहिर यात्रा गरिरहनुभएको छ भने यो शुक्रवार छोडेर त्यसपछिको शुक्रवारको दिन व्रत गरौ यसको अर्थ यो हो कि यो व्रत आफ्नै घरमा गर्नु पर्दछ।