नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईको‘टेलिफोनको टावर’ बोलको गीतको सार्वजनिक

मनोरञ्जन

‘टेलिफोनको टावर’

नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार अंबिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु लेखेकी छिन ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी राम्रो देखिएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् ।