दीपिका पादुकोणको अत्यन्तै बोल्ड ‘सेमि न्यूड’ फोटोशूट ‘ग्रेस एण्ड ब्युटी’(फोटो)

मनोरञ्जन

एजेन्सी

बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले फिल्म छपाक र ८३ को सुटिङमा व्यस्त छिन् । यही बीचमा उनले एक बोल्ड फोटोशूट पनि गराएकी छिन् ।

फोटोग्राफर डब्बु रतनानीले यी फोटो खिचेका हुन् । डब्बुले दीपिकाको फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन् । यो एक सेमि न्यूड फोटोशूट हो ।

फोटो शेयर गर्दै डब्बुले क्याप्सनमा ‘ग्रेस एण्ड ब्युटी’ लेखेका छन् । फोटोमा दीपिकाले काउचमा पोज दिएकी छिन् । दीपिकाले यो फोटोशूट डब्बुको क्यालेण्डरका लागि गराएकी हुन् ।