किन र कसरी गर्ने शनि पुजा ! जानौ

धर्म दर्शन फोटो फिचर

किन गरिन्छ शनि पुजा

शनिबारको पुजा विशेष गरेर न्यायको देव शनि ग्रहको कुद्रिष्टि बाट बच्न गरिन्छ। शनिको रङ् कालो हुन्छ त्यसकारण कालो बस्त्र ग्रहन गर्न सुभ मानिन्छ। कालो कपडा र तिलको दान गर्दा शुभ मानिन्छ। शनिदेवलाई प्रसन्न गर्न ‘ॐ शनिदेवाय नमः’ मन्त्रको जाप गर्नु पर्दछ।

शनि ग्रहको पिडाबाट बचन तल दिएको पाच मन्त्रको जाप गर्दा शनिको पिडा कम हुन्छ र शनि देब प्रसन्न हुन्छन्।शनि पुजा गर्दा यो पाच मन्त्रको १०८ पटक जाप गर्दा शुभ हुन्छ।

यसरी गरौ पूजा

शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीपक जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ।

यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।