सोमपाल अन्तराष्ट्रिय फ्रेन्चाइज लिग जित्ने पहिलो नेपाली खेलाडी,विन्नीपेग ह्वक्सले जित्यो ग्लोबल टी-२० को उपाधि

खेलकुद

काठमाडौँ 

नेपालि क्रिकेटर सोमपाल कामी अन्तर्‍ाष्ट्रिय फ्रेन्चाइज लिग जित्ने पहिलो नेपाली खेलाडी बनेका छन। उनि आबद्ध टिम विन्नीपेगले क्यानाडामा भएको ग्लोबल टी-२० को उपाधि जितेसंगै उनले य्सतो सम्मान पाएका हुन ।

आइतबार बिहान सम्पन्न खेलमा विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी-२० लिगको उपाधि जितेको हो । विन्नी पेगले दिएको १९३ रनको लक्ष्य पछाएको भान्कोवर २० ओभरमा ६ विकेट गुमाउदै १९२ रनमा सिमित भएपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो ।

भान्कोवरका लागि आन्द्रे रसेलले २० बलमा आक्रामक ४६ रनको पारी खेले पनि टिमलाई जिताउन असफल रहे । त्यस्तै शोयब मल्लिकले ३६ बलमा ६४ रन बनाएका थिए ।

यस अघि विन्नीपेगका लागि युएीका शैमान अनवरले ४५ बलमा ९० रनको पारी खेलेका थिए । त्यस्तै क्रिस लिनले ३७, जेपी डुमिनीले ३३ रनको योगदान दिएका थिए । भान्कोभरका लागि आन्द्रे रसेलले ४ विकेट लिएका थिए ।

सुपर ओभरमा भान्कोवरले २ विकेट गुमाएर केबल ९ रन मात्र बनाएपछि विन्नीपेगले जितका लागि १० रनको लक्ष्य पाएको थियो । विन्नीपेगले सो लक्ष्य ४ बलमा पुरा गर्दै उपाधि जितेको थियो ।

पहिलो पटक अन्तर्‍ाष्ट्रिय फ़्रेन्चाइजी टी-२० खेलेका सोमपालका लागि अनुबव बटुल्ने अवसर मात्र बन्यो । उनले यस प्रतियोगितामा एक खेल खेल्ने अवसर पाए भने केवल २ ओभर बलिङ गरे । जसमा उनी महँगो साबित भएका थिए । उनले २ ओभरमा ३३ रन दिए भने ब्याटिंग गर्दै एक रन बनाए ।