सारेगमप लिटिल च्याम्पबाट चर्चित आयुषको स्वरमा ‘हजार जुनी सम्म’को शिर्ष गीत रिलिज

मनोरञ्जन

‘हजार जुनीसम्म’

भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा चौथो भएका वाल गायक आयुष केसीले नेपाली फिल्मका लागि गीत गाएका छन्। उनको स्वर रहेको ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक गरिएको छ।

उनले उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ गाएका हुन्। फिल्म ‘हजार जुनीसम्म’मा यसलाई रि—एरेञ्ज गरिएको छ। गीतलाई उदयले नै तयार पारेका हुन्।

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ। गीतमा पवन चाम्लिङ्ग ‘किरण’ को शब्द र योगेन्द्र घतानीको संगीत रहेको छ।

उदयको स्वरमा फिल्ममा आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा चाइल्ड स्टार अनुभव रेग्मी देखिनेछन्।विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्मसाउन ३० गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।