सन्दीप लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकार

खेलकुद समाचार

काठमाडौं 

युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । उनले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।

यो संगैवेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग खेल्न जान नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई कठिन भएको छ ।लिगका केही खेल अमेरिकामा पनि हुँदैछन् ।

सन्दीपले एक ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् । आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ ।

सिपिएल ४ सेप्टेम्बरदेखि सुरु हुँदैछ । गत सिजन सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका सन्दिप यो सिजन बार्बाडोस ट्रडेन्टसमा छन् । सन्दिप आबद्ध बार्बाडोसको पहिलो खेल भने ८ सेप्टेम्बरमा छ । पहिलो खेलमा बार्बाडोस गुएना अमेजन वारियर्ससँग खेल्दैछ ।