सन्दीप लामिछाने भिसा बिबाद : अमेरिकी दूतावासले दियो भिसा

खेलकुद समाचार

काठमाडौं 

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चिय् लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया पूरा गरेर भिसा दिएको छ ।

सन्दिप वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग खेल्न जादैछन ।लिगका केही खेल अमेरिकामा पनि हुँदैछन् ।