पाेखराकाे न्यूराेडमा भीषण आगलागी

समाचार

पोखरा

पोखराको न्युरोडस्थित भाटभटेनी सुपरमार्कट अगाडि रहेको एस मिनीमार्केटमा भीषणा आगलागी भएको छ ।

दिउसाे ४.०० बजे लागेको आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगोको कारण एक दर्जनभन्दा बढी पसलहरुमा क्षति पुगेको छ ।

आगोबाट शुभ युनिक पर्दा र कार्पेट पसलमा बढी क्षति भएको छ । आगलागी भएसँग उक्त क्षेत्रमा सवारी अवराेध भएकाे छ ।