नेकपा प्रदेश ५ सचेतकको घरमा पेट्रोल बम प्रहार

समाचार

बुटवल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा पेट्रोल बम प्रहार भएको छ। सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको उनको घरमा तीन वटा पेट्रोल बम प्रहार भएको हो।

गएराति दुई बजेतिर अज्ञात समूहले लु १ ज ४५६ नम्बर गाडीसहित उनी र उनका बाबुआमा सुत्ने कोठामा बम प्रहार भएको छ।विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन ।

प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइेको छ । विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए । ढकाल केहि दिनदेखि उपचारका लागि काठमाडौंमा रहेका छन्।