अन्ततः नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

राजनीति समाचार

काठमाडौं 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो ।

स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो तर शुक्रबारको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले पार्टीका स्कुल विभागसँगै ३३ विभागको प्रमुखको टुंगो पनि लगाएको छ। प्रवक्ता श्रेष्ठका अनुसार ३३ विभाग मध्ये १९ विभाग प्रमुख पूर्व एमाले नेताहरु र १४ विभागको प्रमुखको जिम्मेवारी पूर्व माओवादी नेताहरुले पाएका छन्।

सहमति अनुसार संगठन विभाग प्रमुखमा बामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपाल, स्कुल विभाग प्रमुखको जिम्म ईश्वर पोखरेललाई दीएको छ।