विदेशी बैङ्कमा राखिएको रकम छानबिन जारी : अर्थमन्त्री खतिवडा

अर्थ समाचार

काठमाडौँ

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली नागरिकले विदेशी बैङ्कमा खाता खोली रकम जम्मा गरेको भनिएको विषयमा सरकारले छानबिन प्रक्रिया जारी राखेको बताएका छन ।

प्रतिनिधिसभामा सांसदसँगको प्रश्नोत्तरमा मन्त्री खतिवडाले राजस्व सचिवको अध्यक्षतामा छानबिन प्रक्रिया जारी रहेको बताएका हुन । उनले सरकारी संयन्त्रबाट मात्र छानबिन प्रक्रिया सम्भव नभएको पनि बताए ।

जवाफमा मन्त्री खतिवडाले भने, “सार्वजनिक भएका विवरणमा कतिपयका नाम मिलेका छन् । नाम मिले पनि हामीले यकिन गर्न सकेका छैनौँ । पुँजी बहिर्गमनको प्रचलित कानुनविपरीत वा राष्ट्र बैङ्कको स्वीकृतिबिना काम भएको पाइेमा प्रचलित कानुनबमोजिम कारबाही हुन्छ । ”

उनले राजस्व सविचको अध्यक्षतामा प्रहरी, वित्तीय जानकारी एकाइलगायतका प्रतिनिधि रहेको समूहबाट अनुसन्धान भैरहेको जानकारी दिए ।गोरखापत्र दैनिकबाट