मापसे गरेको भन्दै प्रधानमन्त्रीलाई भेट्न हिँडेका एनआरएन अध्यक्ष विमानबाट ओरालिए, तर सत्यता कती???

समाचार

काठमाडौं 

मापसे गरेको भन्दै सिल्क एयरले एनआरएन अध्यक्ष भवन भट्टलाई हवाई जहाजबाट बाहिर निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भट्ट काठमाडौंबाट सिंगापुर जान लागेका थिए । बोर्डिङ पास लिएर हवाई जहाजको सिटमा बसिसकेको बेला भट्ट र उनीसँगै रहेका सनत न्यौपानेलाई ‘क्रु मेम्बर’ले बाहिर निकालिदिएका हुन् ।

उनीहरू शनिबार राती पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्ने तयारीमा थिए। सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ ४१३) विमानमा उनीहरुले मदिरा सेवन गरेर चालक दलका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको बताइेको छ ।

क्पाप्टेनले उनीहरुको साथमा उडान भर्न नसक्ने बताएपछि त्यसमा विवाद भएको थियो । विवादपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो।

प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने र सिंगापुरमा रहेको बिजनेसको लागि पनि छलफल गर्ने भनेर आफूहरुले सिल्क एयरको टिकट लिएको सनत न्यौपानेले बताएका छन ।फेसबुक लाइभ गरेर उनले यस घटनाबाट आफू लज्जित भएको बताएका छन्. एनआरएनएका अध्यक्ष भवन भट्टले भने यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।

सिल्क एअरले पनि अहिलेसम्म प्रतिक्रिया दिएको छैन। सिल्क एअरका कर्मचारीले यो विषयमा प्रतिक्रिया दिन मानेनन्। सिल्क एअरले यो घटनामा माफी माग्नुपर्ने न्यौपानेको तर्क छ। सनत न्यौपानेले ले अघाढी भन्नु भन्यो ‘म लज्जित छु, अध्यक्षज्यूलाई न ब्रेथलाइजर लगाइयो, न केही। आधारहीन रुपमा अफबाह फैलाइयो’,  भनेर आज को अन्नपुर्ण पोस्ट मा लेखिएकोछ

सभार: अन्नपुर्णपोस्ट