रवि लामिछानेसहित तीनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

समाचार

चितवन 

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। आइतबार दिउँसो अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीको माग गर्दै मुद्दा दर्ता भएको हो।

प्रहरीले १० दिनसम्म गरेको अनुसन्धानको आधारमा तयार गरेको फाइल सरकारी वकिल कार्यालय चितवनमा बुझाएपछि आइतबार दिउँसो रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा दोषी देखिएको भन्दै कारबाहीको मागसहित मुद्दा दर्ता भएको हो।

शालिग्रामको भिडियो काटकुट नभएको ल्याबको रिपोर्ट

यसैवीच पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बरामद भएको भिडियो क्लीपमाथि कुनै काटकुट वा ‘छेडछाड’ नभएको प्रहरी प्रयोगशालाले रिपोर्ट दिएको खुलेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय, चितवनमा अनुसन्धान प्रतिवेदन बुझाइेपछि जिल्ला प्रहरी कार्यालय, चितवनले प्रयोगशालाको रिपोर्टबारे औपचारिकरुपमा बोलेको हो ।