पुष्प र रेबिका को नया चलचित्र “मारुनि” को नया गित “हाने मैले झटारो” सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

“हाने मैले झटारो”

आज नया नेपाली चलचित्र “मारुनी” को नया गित सार्बजनिक गरिएको छ। पुनम ईन्टरटेन्मेन्ट्स को चलचित्र “मारुनी” एउटा प्रेम कथा मा आधारित चलचित्र रहेको छ। सोही चलचित्र को अर्को नया गित आज मात्र बजार मा सार्बजनिक गरिएकोछ।

सार्बजनिक गरिएको गित “हाने मैले झटारो” मा चलचित्र का नायक पुष्प खडका र अभिनेत्री रेबिका लाई फिचर्ड गरिएको छ। गित धेरै नै राम्रो बनेको छ। उक्त गित लाई अन्जु पन्त र कृष्ण काफ्ले ले गाएका छन। उक्त गितको संगित कृष्ण काफ्लेले गरेका छन।

चलचित्रमा कलाकारहरुको कुरा गर्दा यस मा पुष्प खडका, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, आयुश प्रधान, अर्जुन श्रेष्ठ र अन्य थुप्रै कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रको टेक्निकल पक्षको कुरा गर्दा यस चलचित्रको निर्देशन नवल नेपाल ले गरेका छन। साथै चलचित्र को कथा बस्तु पनी निर्देशन नवल नेपाल र गोभिन्द फुयाल को नै रहेकोछ। चलचित्र भाद्र १३ यानी ३० अगस्त मा रिलिज हुन गयीरहेको छ।

गित तल हेर्नुहोस